'नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका' बृहत् ग्रन्थ लोकार्पण
काठमाडौँ । महासमालोचक प्राडा वासुदेव त्रिपाठीले नइ एकेडेमीद्वारा प्रकाशित ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ नामक बृहत् ग्रन्थको लोकार्पण गरेका छन् ।
नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईको सम्पादनमा तयार पारिएको उक्त ग्रन्थको लोकार्पण गर्दै प्रमुख अतिथि डा. त्रिपाठीले नइ एकेडेमीले आफ्नै आन्तरिक साधनस्रोतमा आयोजना गरेको यो ऐतिहासिक तीन दिने सम्मेलनमा उच्च प्राज्ञिक खोजपूर्ण बृहत् ग्रन्थसमेत प्रस्तुत हुनु अविस्मरणीय र ऐतिहासिकका साथै सुनमा सुगन्धको योगजस्तो भएको बताए ।
रोयल साइजमा ८७२ पृष्ठमा विस्तरित उक्त ग्रन्थमा नेपाल तथा भारतका विश्वविद्यालयबारे २५ ओटा आलेख समेटिएका छन् । यसमा नेपाल र भारतका विश्वविद्यालयहरूमा नेपाली विषयको प्राध्यापन, अनुसन्धान कार्यको इतिहास, तिनका पाठ्यक्रम तथा अनुसन्धानको अद्यावधिक इतिवृत्त समावेश गरिएको छ ।
त्रिदिवसीय सम्मेलनको दोस्रो दिन नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईको सभापतित्वमा आयोजित समारोहमा प्रमुख अतिथि महासमालोचक प्राडा त्रिपाठी, प्रा शिवगोपाल रिसाल, प्राडा चूडामणि बन्धु, प्राडा दयाराम श्रेष्ठ, प्राडा दिवाकर प्रधान, प्राडा कविता लामा, प्रा केशव सुवेदी, सम्मेलनका संयोजक प्राडा महादेव अवस्थी र सदस्यसचिव नरेन्द्रराज प्रसाईले सम्मेलनबारे आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी सम्मेलनमा नइ एकेडेमी र नेपालका विश्वविद्यालयका दस्ताबेजबारे डा. त्रिभुवन बरई तथा नेपाल तथा भारतका विश्वविद्यालयका कार्यपत्रबारे डा. अम्बिका अर्यालले मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर
-
अमेरिका र साउदी अरबबिच ऐतिहासिक आणविक सम्झौता
-
तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथीको दाबी
-
कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने
-
गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ : प्रचण्ड
-
कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधार : केपी शर्मा ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण