अफगानिस्तानको पिकनिक स्थलमा बन्दुकधारीको आक्रमण, कम्तीमा ११ जनाको मृत्यु
सारांश
- अफगानिस्तानको हेरात प्रान्तस्थित एक पिकनिक स्थलमा अज्ञात बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ।
- मोटरसाइकलमा आएका बन्दुकधारीहरूले सिया मुस्लिम समुदायलाई लक्षित गरी आक्रमण गरेका थिए।
- घटनामा संलग्न एक जना संदिग्ध व्यक्तिलाई सुरक्षाकर्मीले पक्राउ गरेको छ।
काबुल । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तस्थित एक पिकनिक स्थलमा बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
शुक्रबार हेरातको एन्जिल जिल्लाको देह मेहरी गाउँ नजिक भएको उक्त आक्रमणमा सुरुवातमा चार जनाको मृत्यु भएको बताइएको थियो । तर गम्भीर घाइते भएका थप सात जनाको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या ११ पुगेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
घटनामा घाइतेहरूलाई हेरात सहरस्थित अस्पतालमा लगिएको थियो । चिकित्सकका अनुसार पीडितहरू सिया मुस्लिम समुदायका थिए, जो स्थानीय धार्मिक स्थलमा पिकनिक मनाउन गएका थिए । सिया इस्लाम मान्ने समुदाय अफगानिस्तानमा अल्पसंख्यक भएकाले उनीहरू विगतमा पनि लक्षित आक्रमणको सिकार बन्दै आएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता अनुसार मोटरसाइकलमा आएका अज्ञात बन्दुकधारीहरूले भिडभाड हुने उक्त मनोरञ्जन क्षेत्रमा अचानक गोली चलाएका थिए । घटना स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे भएको बताइएको छ ।
तालिबान सरकारका हेरातका सूचना तथा संस्कृतिका प्रमुख अहमदुल्लाह मुत्ताकी ले यसलाई आतंकवादी घटना भन्दै चार शव र १५ जना घाइतेलाई अस्पताल लगिएको जानकारी दिए । घाइतेमा दुई महिला पनि रहेका छन् । सुरक्षाकर्मीहरूले घटनामा संलग्न एक जना संदिग्धलाई पक्राउ गरिसकेको बताएका छन् । हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण