शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सिंहदरबारमा प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक

आइतबार, २९ चैत २०८२, १२ : ५४
आइतबार, २९ चैत २०८२

सारांश

  • प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक सिंहदरबारमा जारी छ।
  • समितिले संसदीय प्रक्रियालाई प्रभावकारी र पारदर्शी बनाउन नियमावलीमा आवश्यक संशोधन तथा नयाँ प्रावधानबारे छलफल गरिरहेको छ।

काठमाडौँ । प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक आइतबार पनि सिंहदरबारमा जारी छ । समितिले प्रतिनिधि सभाको नयाँ नियमावली तर्जुमा गर्ने कार्य गरिरहेको छ ।

गणेश पराजुलीको सभापतित्वमा गठित १५ सदस्यीय समितिको यो बैठकले संसद् सञ्चालनका लागि आवश्यक संशोधन र नयाँ प्रावधानहरूबारे छलफल गर्दैछ । 

समितिका सदस्यहरूले नियमावलीका विभिन्न अध्याय तथा दफाहरूमा संशोधन प्रस्ताव ल्याउने र छलफल गर्ने क्रममा छन् । बैठकमा नियमावलीलाई समसामयिक बनाउने, संसदीय प्रक्रियालाई थप प्रभावकारी र पारदर्शी बनाउने विषयमा जोड दिइएको छ ।

यो समिति गठन भएपछि नियमावली मस्यौदा तयार पार्ने काम तीव्र रूपमा अगाडि बढेको छ । बैठकको नतिजाअनुसार नयाँ नियमावली प्रतिनिधि सभामा पेस हुने अपेक्षा गरिएको छ । बैठकमा समितिका सबै सदस्यहरूको सक्रिय सहभागिता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप