‘जलवायु परिवर्तनले पुर्याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’
मोरङ । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु परिवर्तनले पुर्याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका बताएका छन्।
शिक्षा दिप कलेज विराटनगर-१० द्वारा आइतबार आयोजित चौथो संस्करणको जलवायु सम्मेलनको उद्घाटन गर्दै उनले जलवायु परिवर्तनबाट पर्ने असरलाई न्यूनीकरण गर्न तीनै तहका सरकार तथा आमजनताबिच सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिए। विद्यार्थीले अनुसन्धान गरेको विषयलाई प्रदेश सरकारले आफ्नो प्राथमिकतामा पारेर आगामी दिनमा योजना निर्माण गर्ने वनमन्त्री पराजुलीले जानकारी दिए।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलियाले विद्यार्थीले प्रस्तुत गरेको शोधहरू राम्रो अनुसन्धान हुनुका साथै यसले परिवर्तनवाट पर्ने असरलाई न्यूनीकरण गर्ने विश्वास व्यक्त गरे । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले आगामी दिनमा अनुसन्धान कार्यलाई निरन्तरता दिन कलेजलाई आग्रह गरे । शिक्षा दीप कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले जलवायु परिवर्तनले विश्वलाई भयावह अवस्था बनाएको बताए।
कलेजका कक्षा ११ को विज्ञान सङ्कायअन्तर्गत जीव विज्ञान विषयका ४५ विद्यार्थीले १० वटा समूह बनाएर जलवायु परिवर्तनबाट पर्ने नकारात्मक प्रभावका सम्बन्धमा अनुसन्धान प्रस्तुत गरेका थिए । विद्यार्थीद्वारा प्रस्तुत विषयमाथि प्रा.डा. शिवकुमार राई र सहप्राध्यापक कुलप्रसाद लिम्बूले मूल्याङ्कन गरेका थिए । थोरियम समूहले प्रस्तुत गरेको जलवायु परिवर्तनः कृषि र खाद्य सुरक्षासम्बन्धी प्रस्तुति सर्वोत्कृष्ट भएसँगै नगद रु ३० हजार पुरस्कार प्रदान गरिएका कलेजका निर्देशक रामचन्द्र अधिकारीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण