राजेश हमाल भन्छन्– राजनीतिमा नआउने भन्ने छैन
सुर्खेत । नेपाली सिने क्षेत्रका महानायक राजेश हमालले आगामी दिनमा आफू राजनीतिमा आउन सक्ने सङ्केत गरेका छन्। सोमबार सुर्खेतमा आयोजित कर्णाली उत्सवमा बोल्दै हमालले समय आएपछि आफू राजनीतिमा आउन सक्ने बताए।
दर्शकहरूले राजेश हमाललाई राजनीतिमा देख्न पाइन्छ कि पाइन्न भन्ने प्रश्न राखेपछि हमालले भने, ‘म राजनीतिमा चासो राख्ने, बुझ्ने व्यक्ति हो । त्यसैले राजनीतिमा देखिनै नपाइने हो त म भन्दिन । तर हरेक व्यक्तिको एउटा खाँचो महसुस हुने बिन्दु आउला नि ।’
यदि समय आएको खण्डमा भविष्य भन्न नसकिने उनले बताए । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको विषयमा बोल्दै हमालले परिवर्तनका लागि आन्दोलन हुनु सकारात्मक भए पनि त्यसबाट भएको विध्वंसको निन्दा गर्नुपर्ने बताए।
‘हाम्रो देशका धरोहरहरू जले, त्यो राम्रो भएन,’ उनले थपे, ‘आज सिंहदरबार नजलेको भए, संसद् भवन नजलेको भए नयाँ सांसदहरू त्यहीँ बस्न पाउनुहुन्थ्यो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण