संसदीय समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार
सारांश
- सङ्घीय संसद्का विभिन्न समितिका सभापतिहरूको लागि मनोनयन दर्ता बिहीबार हुने भएको छ।
- मनोनयन दर्ताका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय तोकिएको छ।
- सभामुखले आगामी वैशाख ४ गतेका लागि समितिका सभापतिको निर्वाचनको मिति तय गरेका छन्।
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले सूचना जारी गर्दै बिहीबार दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेका छन् ।
समिति सभापतिहरूको मनोनयन दर्ता सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुने सूचनामा उल्लेख छ । बिहीबार दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन गर्ने राईले जारी गरेको सूचनामा उल्लेख छ । प्रतिनिधिसभा अन्तर्गत १० र दुई संयुक्त समितिको निर्वाचन हुन बाँकी छ ।
चैत २७ गते प्रतिनिधि सभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सदस्य तय गरिएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले आगामी वैशाख ४ गते संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए ।
सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एक जना सदस्य प्रस्तावक रही सोही समितिका कुनै अर्को एक जना सदस्यको समर्थनसहित सभापतिमा दाबी प्रस्तुत गर्न सक्ने व्यवस्था गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण