साउदी भ्रमणमा सरिफ : कूटनीति र आर्थिक सहायतामा जोड
काठमाडाैँ । क्षेत्रीय तनावबिच कूटनीतिक सक्रियता बढाइरहेको पाकिस्तानले एकातर्फ अमेरिका–इरान शान्ति प्रयासमा भूमिका खेलिरहेको छ भने अर्कोतर्फ आफ्नो प्रमुख साझेदारसँग आर्थिक तथा रणनीतिक सम्बन्ध बलियो बनाउन अघि बढेको छ । यसै क्रममा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ साउदी अरबको औपचारिक भ्रमणका लागि बुधबार प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री सरिफ उच्चस्तरीय प्रतिनिधिमण्डलसहित इस्लामाबादबाट जेद्दातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको उनको कार्यालयले जनाएको छ । भ्रमणले द्विपक्षीय सम्बन्ध सुदृढ गर्नुका साथै क्षेत्रीय परिस्थितिबारे उच्चस्तरीय छलफल हुने अपेक्षा गरिएको छ ।
पाकिस्तान र साउदी अरबबिच परम्परागत रूपमा घनिष्ठ सम्बन्ध रहँदै आएको छ । फेब्रुअरीदेखि सुरु भएको क्षेत्रीय युद्धपछि इरानबाट आक्रमणको जोखिम झेलेका अमेरिकी सहयोगीहरूमध्ये साउदी अरब पनि एक प्रमुख देशका रूपमा रहेको छ । यस्तो अवस्थामा इस्लामाबाद र रियादबीचको समन्वय अझ महत्त्वपूर्ण मानिएको छ ।
यसैबिच, पाकिस्तानको कमजोर बन्दै गएको विदेशी मुद्रा सञ्चिति सुदृढ गर्न साउदी अरबले थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । पाकिस्तानको वित्त मन्त्रालयका अनुसार साउदी अरबले तीन अर्ब अमेरिकी डलर बराबरको थप निक्षेप उपलब्ध गराउने घोषणा गरेको छ, जसको वितरण आगामी हप्ताभित्र हुने अपेक्षा गरिएको छ ।
अर्थ तथा राजस्वमन्त्री मुहम्मद औरङ्गजेबले यो सहयोगले देशको विदेशी मुद्रा भण्डार मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने बताए । उनी हाल अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक वसन्त बैठकका लागि वासिङ्टनमा रहेका छन् । उनका अनुसार साउदी अरबले यसअघि उपलब्ध गराएको पाँच अर्ब डलर निक्षेपलाई पनि अनिश्चित अवधिका लागि निरन्तरता दिने निर्णय गरेको छ ।
यो सहयोग त्यस्तो समयमा आएको हो जतिबेला पाकिस्तानले साउदी अरबको क्षेत्रीय प्रतिस्पर्धी संयुक्त अरब इमिरेट्सलाई लिएको अर्बौं डलर ऋण फिर्ता गरिरहेको जनाएको थियो । यसले पाकिस्तानको आर्थिक व्यवस्थापन र बाह्य निर्भरतालाई सन्तुलनमा राख्ने प्रयासलाई सङ्केत गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
-
चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
-
एआईले बदल्ला क्यान्सरका बिरामीको जीवन ?
-
रास्वपाको आर्थिक नीति : उदार बजार अर्थतन्त्र, सामाजिक न्याय
-
राजनीतिक व्यक्तिलाई अपराधीजस्तो व्यवहार गरे देश अन्तरद्वन्द्वतर्फ जान्छ : झलनाथ खनाल
-
गृहमन्त्रीको खाजामा माछाको काँडा प्रकरण : ‘चाडपर्व र भीआईपीका बेला मात्र होइन, वर्षभरि अनुगमन गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण