प्रधानमन्त्री र समानुपातिक सांसदहरूबिच छलफल
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसदका समानुपातिक सांसदहरूसँग विभिन्न क्लस्टरका समस्या र समाधानका उपायबारे छलफल गरेका छन्।
- सांसदहरूले निर्वाचन क्षेत्रका समस्या, सरकारका तत्कालका काम र संसदमा प्रत्यक्ष तथा समानुपातिक सांसदबीच विभेद नगर्न सुझाव दिएका छन्।
- नीति निर्माण र कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्री र जनप्रतिनिधिबीच संवाद गरिएको सचिवालयले जनाएको छ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सबै पार्टीको तर्फबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिकतर्फका सांसदहरुसँग छलफल गरेका छन्।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे समानुपातिकतर्फका सांसदहरुसँग छलफल गरेका हुन्।
छलफलका क्रममा सांसदहरूले निर्वाचन क्षेत्रमा देखिएका समस्याका साथै सरकारले तत्काल गर्नुपर्ने काममा बारेमा सुझाव दिएका थिए । साथै उनीहरूले संसद्मा प्रत्यक्ष र समानुपातिक सांसदबिच विभेद नगर्न समेत आग्रह गरेका थिए।
छलफलपछि एमाले सांसद पद्मा अर्यालले आफ्नो समुदायका समस्या र विभिन्न विषयमा प्रधानमन्त्रीसँग कुराकानी भएको उल्लेख गरे । मुलुकको नीति तथा कार्यक्रम, लामो समयदेखि अवरुद्ध भएका योजनाहरूलाई अघि बढाउने लगायतका विषयमा समेत सुझाव दिइएको उनले बताए।
जनप्रतिनिधि र कार्यपालिकाबिच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ छलफल गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दै नकआउट चरणमा
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण