फिफा विश्वकप २०२६
स्वीट्जरल्याण्ड समूह विजेता बन्दै नकआउट चरणमा
बिहीबार, ११ असार २०८३, ०२ : ५५
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा क्यानडालाई २–१ गोल अन्तरले पराजित गर्दै स्वीट्जरल्याण्ड समूह विजेता बनेको छ ।
- यो जितसँगै स्वीट्जरल्याण्ड शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ ।
- हारका बाबजुद क्यानडा समूहमा दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा क्यानडालाई २–१ गोल अन्तरले पराजित गर्दै स्वीट्जरल्याण्ड समूह विजेता बनेको छ । यो जितसँगै स्वीट्जरल्याण्ड शीर्ष स्थानमा रहँदै अन्तिम ३२ मा प्रवेश गरेको छ ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै स्वीट्जरल्याण्डले अग्रता लिएको थियो । ४६ औँ मिनेटमा रुबेन भर्गासले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । ५७ औँ मिनेटमा जोहान मान्जाम्बीले अर्को गोल थपेपछि स्वीट्जरल्याण्ड २–० ले अगाडि बढ्यो । क्यानडाका लागि ७६ औँ मिनेटमा प्रमिस डेभिडले एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । हारका बाबजुद क्यानडा समूहमा दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल
-
भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण