वैदेशिक रोजगारीका लागि स्थगित श्रम स्वीकृति पुनः सुचारु
सारांश
- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पश्चिम एसिया र खाडीका केही देशका लागि स्थगित श्रम स्वीकृति सुचारु गरेको छ।
- इजरायल, कुवेत, बहराइन र लेबनान जाने नेपाली श्रमिकका लागि श्रम स्वीकृति प्रदान गर्ने कार्य पुनः सुरु भएको छ।
- इराक जाने श्रमिकका हकमा भने नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय बमोजिम श्रम स्वीकृति दिइने विभागले जनाएको छ।
काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पश्चिम एसिया तथा खाडी क्षेत्रमा स्थगित गरिएको श्रम स्वीकृति पुनः सुचारु गर्ने निर्णय गरेको छ। बुधबार मन्त्रालयले सूचना जारी गर्दै यसबारे जानकारी दिएकाे हाे ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (मन्त्रिस्तर) को मिति गत फागुन १७ गतेको निर्णयअनुसार यसअघि स्थगित गरिएको इजरायल, कुवेत, बहराइन तथा लेवनन जाने नेपाली श्रमिकहरूको पुनः श्रम स्वीकृति कार्य सुचारु गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।
यसअघि मध्यपूर्व क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति स्थगन गरिएको थियो। पछि क्रमशः साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, ओमान, यमन, जोर्डन तथा टर्की का लागि पुनः श्रम स्वीकृति सुचारु गरिएको थियो।
त्यसैगरी इराक जाने श्रमिकहरूको हकमा भने नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ पुस ११ गतेको निर्णय बमोजिम श्रम स्वीकृति प्रदान गरिने विभागले स्पष्ट पारेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशलाई टेर्दैनन् गण्डकीका पालिका, पठाउनुपर्ने पौने १९ अर्ब आफ्नै खातामा
-
बजेटमा ‘एक हजार’का योजनाको बाढी, कार्यविधि र सुशासनको धज्जी !
-
ट्रम्पको धम्कीले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो, सेयर बजार ओरालो
-
ट्रम्पको धम्कीपछि पनि सम्हालिँदै अमेरिका-इरान वार्ता
-
पाँचथरको गुराँसेमा आकर्षक माङहिम निर्माण अन्तिम चरणमा
-
मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा भारी गिरावट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण