संसदीय समितिको सभापतिबारे सत्तापक्ष र विपक्षी छुट्टाछुट्टै छलफलमा
सारांश
- प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिको सभापति चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।
- सत्तापक्ष र विपक्षी दलहरू आ-आफ्नो रणनीति तय गर्न छुट्टाछुट्टै छलफलमा जुटेका छन्।
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिको सभापतिको शुक्रबार हुने निर्वाचनका लागि आज बिहीबार उम्मेदवारी दर्ता हुँदैछ ।
संसदीय समितिहरूलाई ‘मिनी संसद्’का रूपमा समेत हेरिने गरेको छ । समितिका सभापतिको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले यसअघि नै निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ ।
निर्वाचन कार्यक्रमअनुसार, बिहीबार अपराह्न १ देखि ४ बजेसम्म ‘सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव दर्ता गर्न सकिनेछ ।
समितिका सदस्यहरू यसअघि नै मनोनीत भएकाले ती मध्येबाट सभापति चयन गरिनेछ । संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बहुमत रहेकाले मतदान भएमा सबै समितिको सभापति रास्वपाले जित्नेछ । यस्तो अवस्थामा विपक्षी दलहरूले सभापतिका लागि उम्मेदवारी दिने या नदिने भन्ने निर्णयका लागि छलफल गर्ने भएका छन् ।
‘विपक्षीका तर्फबाट साझा धारणा बनाउन हामी तीन दलका नेताहरूबिच बैठक बस्दैछौँ’, नेकपा एमालेका सांसद तथा उपाध्यक्ष गुरु बरालले भने, ‘छलफलपछि कुन कुन समितिमा ककसले उम्मेदवारी दिने भन्ने टुङ्गो लाग्छ ।’
त्यस्तै नेपाली कांग्रेसका सांसद भीष्म आङदाम्बेले पनि १२ बजे हुने तीन दलको छलफलपछि समिति सभापतिमा उम्मेदवारी दिने नदिनेबारे टुङ्गो लाग्ने बताए । ‘सकभर विपक्षीको साझा उम्मेदवार तय गर्ने कि भन्ने छ’, आङदाम्बेको भनाइ छ ।
यता राष्ट्रिय स्वतन्त्र पाटीले पनि आजै संसदीय दलको बैठक बोलाएको छ । सङ्घीय संसद्का विषयगत समितिहरूको सभापति चयन गर्ने बारेमा छलफल गर्न बैठक बोलाएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
सङ्घीय संसद्को प्रतिनिधिसभा अन्तर्गतका (दुई वटा संयुक्तसहित) १२ संसदीय समितिको सभापति चयन गर्न लागिएको हो ।
रास्वपा नेताहरूका अनुसार रास्वपाले ११ वटा समितिको सभापति आफूले नै राख्नेछ । लेखा समिति भने विपक्षीलाई दिने रास्वपाको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण