भिजिट भिसामा जानेहरूको पासपोर्टमा अध्यागमनले किन लेख्यो, ‘रोजगारी पूर्ण रूपमा निषेधित ?’
सारांश
- त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरूले भिजिट भिसामा युएई जानेहरूको पासपोर्टमा रोजगारी निषेधित भएको व्यहोरा हस्तलिखित रूपमा लेख्न थालेका छन्।
- पासपोर्टमा यस्तो भाषा लेखिएको विषयमा सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।
- अध्यागमन विभागले यस्तो निर्णय कुनै औपचारिक प्रक्रियाबाट नभएको भन्दै घटनाबारे छानबिन भइरहेको जनाएको छ।
काठमाडौँ । पर्यटक भिसामा युएई जानेहरूको पासपोर्टमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरूले ‘काम होइन मात्र भ्रमणका लागि’ र ‘युएई भ्रमण मात्र, रोजगारी पूर्ण रूपमा निषेधित छ’ भनेर लेख्न थालेका छन् ।
पासपोर्टमा अध्यागमनका कर्मचारीले प्रस्थान अनुमतिको छाप हानेपछि हस्तलिखित रूपमा त्यस्ता भाषा लेख्न थालेका हुन् । रातोपाटीलाई प्राप्त दुई वटा राहदानीको विवरणमा २०८३ जेठ २७ मा फर्किनुपर्ने सर्त पनि उल्लेख गरेको भेटिएको छ ।
पासपोर्टमा त्यस्तो भाषा लेख्दा विदेशमा नेपाली पासपोर्टको महत्त्व झन् कमजोर हुने भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ । युएईमा बस्ने नेपालीहरूले पनि त्यसबारे तीव्र आलोचना गर्दै प्रश्न उठाएका छन् । भिजिट भिसा नै लगाएपछि त्यसरी ‘काम होइन मात्र भ्रमणका लागि' भनेर लेख्नु नपर्ने जानकारहरू बताउँछन् ।

तर, त्यस्ता विवरण राहदानीमा लेख्नेबारे अध्यागमन विभागले कुनैपनि औपचारिक निर्णय नगरेको विभागका निर्देशक टिकाराम ढकालले बताए । उनले भने, ‘राहदानीमा भ्रमण मात्र, रोजगारी पूर्ण रूपमा निषेधित भनेर लेखिएको जानकारी हामीले पनि पाएका छौँ, कसरी त्यस्तो भयो भन्नेबारे छलफल हुँदै छ ।’
विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरूले निर्णय बिना नै त्यस्ता भाषा लेखेको पाइएको छ । त्यसबारे विभागले आफ्नो धारणा सार्वजनिक गर्ने ढकालले बताए । उनले भने, ‘त्यसमा हामी आधिकारिक धारणा सार्वजनिक गर्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानोभेरी नदीमा अस्पतालका सुरक्षा गार्ड मृत फेला
-
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण