साढे ४ करोड ठगेको आरोपमा दुई जना पक्राउ
बिहीबार, ०३ वैशाख २०८३, १२ : ५१
सारांश
- काठमाडौँबाट साढे ४ करोड ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि कास्की पठाइएको छ।
काठमाडौँ। प्रहरीले काठमाडौँबाट ४ करोड ५० लाख ठगेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा घर भएर काठमाडौँ बस्दै आएका ६२ वर्षीय शान्तिरमण पङ्गेनी र काठमाडौँको टोखा नगरपालिका–७ घर भएका ५८ वर्षीय टिका पङ्गेनी छन् ।
आरोपीहरूलाई बुधवार टोखाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए ।
कमलप्रसाद ज्ञवालीले दिएको जाहेरीको आधारमा आरोपीहरू विरुद्ध चैत ५ का कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागी जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको एसपी कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण