ज्यान मुद्दामा बेल्डाडी गाउँपालिकाका उपाध्यक्ष नाथ पक्राउ
सारांश
- बेल्डाडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ ज्यान मुद्दामा पक्राउ परिन्।
- प्रहरीले थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको छ, मुद्दा बेल्डाडीमा दर्ता छ।
- हरिकिसन रानाको जलेको शव फेला परेको घटनामा उनको संलग्नताको आशंका गरिएको छ।
महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथ पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले गाउँपालिका उपाध्यक्ष नाथलाई बिहीबार महेन्द्रनगरबाट पक्राउ गरेको जानकारी दिए ।
“ज्यानसम्बन्धी मुद्दामा पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ,” शाहीले भने, “मुद्दा इप्रका बेल्डाडीबाट चलेको छ ।” किटानी जाहेरीपछि जिल्ला अदालत कञ्चनपुरले पक्राउ गर्न अनुमती दिएपछि नाथलाई नियन्त्रणमा लिइएको उनको भनाइ छ ।
कञ्चनपुरको बेलौरीमा मोटरसाइकलसहित हरिकिसन रानाको शव जलेको अवस्थामा फेला परेको थियो । बेलौरी नगरपालिका–१० को शिवनगरस्थित घटियाघाट रोड नजिकै गत वैशाखको पहिलो साता जलेको अवस्थामा बेल्डाँडी गाउँपालिका ३ कमरीका हरिकिसन राना मृत फेला परेका थिए ।
पचास वर्षीय राना सडक छेउको भुसामा मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेको विषय केहीदिन अघि प्रतिनिधीसभामा कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद दीपक बोहराले निस्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका थिए । प्रहरीले घटना सडक छेउमै भएकाले सडक दुर्घटना भएको वा हत्या भएको विषय शङ्कास्पद भन्दै अनुसन्धान गरिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण