एकैदिन ५३ वटा फर्ममा विभागको अनुमगन
शुक्रबार, ०४ वैशाख २०८३, ०६ : ५७
काठमाडौँ । आक्रामक रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन ५३ वटा फर्मको विवरण लिएको छ ।
विभागले विभिन्न व्यापारिक प्रतिष्ठान, फर्म तथा पसलहरूमा बिलबिजक जारी भए/नभएको, उपभोक्तालाई दिनुपर्ने जानकारी दिए/नदिएको तथा उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्था परिपालना भए/नभएको बारेमा अनुमगन गर्दै आएको छ ।
पछिल्ला दिनमा विभागले ठूलो सङ्ख्यामा व्यावसायिक फर्महरूमाथि अनुमगन गर्दै आएको छ । सोही क्रममा बिहीबारमात्रै काठमाडौँको खिचापोखरी क्षेत्रका ५३ वटा फर्ममा अनुमगन निरीक्षण गरेको हो ।
विभागले अनुमगन गरेका सबै फर्मलाई सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरूको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुमगन गर्दै आएको स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको बहुलठ्ठीपनः अमेरिकी साम्राज्यवादको संकट
-
गण्डकीमा थपिँदै रुग्ण आयोजना, ५४ ठुला आयोजना अलपत्र
-
च्यासलमा सुरु भयो एमाले संसदीय दलको बैठक
-
'अमेरिका–इरान सम्झौताको भविष्य प्रतिबद्धताको कार्यान्वयनले तय गर्छ'
-
बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित
-
सरकारको प्रस्टीकरण : कक्षा १२ को नतिजामा त्रुटि छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण