पाैडेल पक्राउपछि आकस्मिक बैठक
च्यासलमा सुरु भयो एमाले संसदीय दलको बैठक
मङ्गलबार, ०९ असार २०८३, १४ : २५
सारांश
- नेकपा एमाले संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार दिउँसाे सुरु भएको छ ।
- पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि आकस्मिक रूपमा एमाले संसदीय दलको बैठक बसेको हो ।
- बैठकमा आगामी दिनमा एमालेले लिने रणनीतिका बारेमा छलफल हुने नेताहरूले बताएका छन् ।
काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार दिउँसाे सुरु भएको छ ।
पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि आकस्मिक रूपमा एमाले संसदीय दलको बैठक बसेको हो । अध्यक्ष केपी शर्मा ओली समेत सहभागी बैठकमा आगामी दिनमा एमालेले लिने रणनीतिका बारेमा छलफल हुने नेताहरूले बताएका छन् ।
पार्टीको चुनावी समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलनका क्रममा उपाध्यक्ष पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो।
सम्पत्ति शुद्धीकरण विभागको पत्रको आधारमा पक्राउ परेका पौडेललाई मङ्गलबार बिहान काठमाडौँ ल्याइएको छ ।
पौडेललाई सरकारले राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरेको एमालेको आरोप छ । पौडेल पक्राउको राजनीतिक रूपमा प्रतिरोध गर्ने एमाले नेताहरूले बताइसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण