गिल चम्किँदा कोलकातामाथि गुजरातको रोमाञ्चक जित, केकेआर अझै जितविहीन
सारांश
- शुभमन गिलको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ।
- १८० रनको लक्ष्य पछ्याएको गुजरातले १९.४ ओभरमा ५ विकेट गुमाएर जित हात पारेको छ।
- यो हारसँगै खराब प्रदर्शन गरिरहेको कोलकाता जारी आईपीएलमा अझै जितविहीन अवस्थामा रहेको छ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ । शुभमन गिलको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतमा गुजरातले १८१ रनको लक्ष्य १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
१८१ रनको विजयी लक्ष्य पछ्याएको गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ८६ रनको योगदान दिए । ५० बलको सामना गरेका उनले उत्कृष्ट ब्याटिङ गरे । उनलाई जस बटलरले १५ बलमा २५ तथा साई सुदर्शनले १६ बलमा २२ रन बनाएर राम्रो साथ दिए। कोलकाताका बलर वरुण चक्रवर्तीले २ विकेट लिए ।
यसअघि, पहिले ब्याटिङ गरेको कोलकाता नाइट राइडर्सले निर्धारित २० ओभरमा १८० रन बनाएको थियो । कोलकाताका लागि क्यामरुन ग्रीनले ५५ बलमा ७९ रनको सानदार पारी खेले । त्यस्तै, रोभमन पावेलले २० बलमा २७ रन जोडेका थिए। गुजरातको बलिङमा कागिसो रबाडाले किफायती बलिङ गर्दै ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए भने मोहम्मद सिराजले २ विकेट हात पारे ।
यो जितसँगै गुजरात टाइटन्सले ५ खेलबाट ३ मा जित निकाल्दै ६ अंकका साथ अंक तालिकामा आफ्नो स्थिति बलियो बनाएको छ । अर्कोतर्फ, यो सिजन खराब प्रदर्शनबाट गुज्रिरहेको कोलकाताले हालसम्म खेलेका ६ खेलमा एक जित पनि निकाल्न सकेको छैन । वर्षाका कारण पञ्जाबसँगको खेल रद्द हुँदा १ अंक पाएको कोलकाता जितको खोजीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण