आइतबारदेखि सुरु हुने भोजपुर गोल्डकपको तयारी पूरा
भोजपुर । आइतबारदेखि सुरु हुने भोजपुर गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । नवौँ संस्करणका रूपमा सुरु हुने प्रतियोगितामा नेपालका आठ समूहको सहभागिता रहने छ ।
प्रतियोगिता सञ्चालनका लागि खेल तालिम सार्वजनिक गरिएको आयोजक जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए । भोजपुर नगरपालिका-७ स्थित रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले रु ३० लाखको प्रायोजन गरेको छ ।
योसँगै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष सुवालले आज जानकारी दिए । वैशाख ६ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गतको पहिलो खेल आइतबार सशस्त्र प्रहरी बल (एपिएफ) नेपाल र एलएक्स सिटी मोरङबिच हुने आयोजक संस्थाले जनाएको छ ।
पहिलो चरणको खेल वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ । वैशाख ७ गते आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ र सङ्खुवासभा-११, वैशाख ८ गते सातदोबाटो युथ क्लब ललितपुर र केपिलासगढी गाउँपालिका, खोटाङ र वैशाख ९ गते प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौँ र द गोर्खाज फुटबल क्लब, उदयपुरबिच हुनेछ ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः रु पाँच लाख र रु तीन लाख प्राप्त गर्नेछन् । अन्य व्यक्तिगत विधातर्फ सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यसैबिच, यही वैशाख १७ देखि २० गतेसम्म आठौँ महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । भोजपुर नगरपालिकाको प्रायोजनामा जिल्ला फुटबल सङ्घले प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण