आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटोफिचर

रातो मच्छिन्द्रनाथको रथारोहण, तस्बिरहरू

शनिबार, ०५ वैशाख २०८३, १९ : ४२
शनिबार, ०५ वैशाख २०८३

ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ ।

हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनअनुसार शनिबार रथारोहण गरिएको हो । 

मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याई बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ । 

मच्छिन्द्रनाथलाई ६ महिना पाटनको तःबहाल र ६ महिना बुङ्मतीमा राख्ने चलन अनुसार पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियो । मछिन्द्रनाथको रथ ३२ हात लामो र ४८ फिट अग्लो रहेको छ । पञ्चाङ्ग निर्णायक समिति, स्थानीय गुठी तथा ज्यापु समाजसँगको छलफलपछि रथ तान्ने साइत निकालिन्छ । 

rato-matsyandra-nath (2)rato-matsyandra-nath (3)rato-matsyandra-nath (4)rato-matsyandra-nath (5)rato-matsyandra-nath (6)rato-matsyandra-nath (7)rato-matsyandra-nath (8)rato-matsyandra-nath (9)rato-matsyandra-nath (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप