सुनको मूल्य वृद्धि, प्रतितोला ३ लाख नाघ्यो
आइतबार, ०६ वैशाख २०८३, ११ : ५९
सारांश
- नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।
- सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेर ३ लाख १ हजार रुपैयाँ पुगेको छ।
- चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले बढेर ५ हजार २२५ रुपैयाँ कायम भएको छ।
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ कायम भएको छ।
यो अघिल्लो (शुक्रबार) कारोबारको तुलनामा १ हजार २०० रुपैयाँको वृद्धि हो। यसअघि शुक्रबार सुन तोलामा २ लाख ९९ हजार ८०० रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले बढेर ५ हजार २२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण