नयाँ वर्षको अवसरमा माउन्ट एभरेस्ट डिस्टिलरीले ल्यायो ‘रेड नेचर’ र ‘ब्लू नेचर’
काठमाडौँ । माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले नयाँ वर्ष २०८३ को अवसर पारेर प्रिमियम स्पिरिट सेग्मेन्टमा दुई नयाँ उत्पादन सार्वजनिक गरेको छ।
कम्पनीले ४० यूपी प्रिमियम स्पिरिट अन्तर्गत ‘रेड नेचर’ र ‘ब्लू नेचर’ बजारमा ल्याएको हो । यी नयाँ उत्पादनहरू आगामी वैशाख ५ गतेदेखि देशभरका बजारमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।
७५० एमएल क्षमताको बोतलमा उपलब्ध हुने यी स्पिरिटहरूको अधिकतम खुद्रा मूल्य १ हजार २४० रुपैयाँ तोकिएको छ।
कम्पनीका अनुसार उच्च गुणस्तर, आकर्षक प्याकेजिङ र सन्तुलित फ्लेभरका साथ तयार पारिएका यी ब्राण्डले प्रिमियम सेग्मेन्टमा नयाँ पहिचान स्थापित गर्ने लक्ष्य राखेका छन् । अन्तर्राष्ट्रिय मापदण्ड अपनाएर उत्पादन गरिएका यी उत्पादनले उपभोक्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
नयाँ वर्षको सन्देशसँगै कम्पनीले ‘न्यू इयर, सेम सर्कल’ भन्ने अवधारणा अघि सार्दै ‘जिम्मेवार उपभोग’ को सन्देश समेत प्रवाह गरेको छ। गुणस्तरीय विकल्प प्रदान गर्नुका साथै जिम्मेवार पिउने संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यी ब्राण्ड बजारमा ल्याइएको कम्पनीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
-
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग प्रभावित, तीन स्थानमा पूर्ण अवरोध
-
दीर्घकालीन कर्जामा ब्याज पुँजीकरणको बाटो खुल्यो, आम्दानी नै नभई ब्याज तिर्नुपर्ने व्यवस्था अन्त्य
-
काभ्रेका १३ पालिकाले ल्याए बजेट, कसको कति ?
-
मेक्सिको र दक्षिण अफ्रिकाको जित, समूह ‘ए’ बाट नकआउट चरणमा प्रवेश
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण