दिपक बोहराले पाए रास्वपा प्रवास विभाग प्रमुखको जिम्मेवारी
आइतबार, ०६ वैशाख २०८३, १७ : ४१
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सचिवालय सदस्य तथा सांसद दिपक बोहरालाई प्रवास विभाग प्रमुखमा नियुक्त गरेको छ।
- आइतबार बसेको सचिवालय बैठकले रिक्त रहेको उक्त पदमा बोहरालाई जिम्मेवारी दिने निर्णय गरेको हो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दिपक बाेहरालाई नियुक्त गर्ने निर्णय गरिएको छ ।
आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय सचिवालय बैठकले बोहरालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघि विभागको प्रमुखको जिम्मेवारीमा सभामुख डिपी अर्याल रहेका थिए । पार्टी उपसभापति अर्याल सभामुखमा निर्विरोध निर्वाचित हुँदै गर्दा पार्टीको जिम्मेवारीबाट अलग भएकाले उक्त पद रिक्त थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
-
कर्णालीका ३३ पालिकाले ल्याए बजेट
-
मदन भण्डारी कप भलिबल: टिप टप न्यु डायमन्डलाई उपाधि
-
शोषणको मारमा 'गिग वर्कर'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण