पूर्णबहादुरसँगको भेटपछि गगनले भने – बेमेल हटाएर एकताकाे पहल गर्न अग्रसर भएँ
सारांश
- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको बृहत्तर एकताका लागि पहल सुरु गरेका छन् ।
- थापाले आइतबार साँझ निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्कासँग भेट गरी पार्टीको बेमेल हटाउने विषयमा संवाद गरेका छन् ।
- उनले १५औँ महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउन आम कार्यकर्तालाई आह्वान गरेका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको बृहत्तर एकताका लागि पहल सुरु गरेका छन् ।
थापाले आइतबार साँझ निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्कासँग संवाद गरेका छन् । थापा खड्कालाई भेट्न खड्का निवास गोल्फुटार पुगेका थिए ।
पार्टीमा देखिएको केही बेमेल हटाएर एकताका लागि पहल गर्न नेता खड्कासँग भेटेको सभापति थापाले बताए । ‘पार्टीको बृहत्तर एकताका लागि सिनियर नेताहरूसँग संवाद सुरु गरेको छु’ थापाले भने ।
सभापति थापाले सर्वोच्च अदालतको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको बताएका छन् ।
१५औँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको र महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न आम कांग्रेसी नेता कार्यकर्तालाई आह्वान गरेका छन्।
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण