भक्तपुरमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
भक्तपुर । आजदेखि १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति भक्तपुरले आयोजना गरेको प्रतियोगिताको आज बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले उद्घाटन गरे ।
यही वैशाख ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामध्ये भलिबलतर्फका खेल सूर्यविनायक भलिबल खेलमैदानमा, एथ्लेटिक्सतर्फ सूयविनायकस्थित सङ्कटा क्लबको खेलमैदानमा, करातेतर्फ भक्तपुर नगरपालिकास्थित देकाचा कराते कबर्डहलमा, तेक्वान्डो र उसुतर्फका खेल चाँगुनारायण हेल्मेडडाँडास्थित कबर्डहलमा, कबड्डीतर्फ आदर्श माध्यमिक विद्यालय सानोठिमीमा सञ्चालन हुनेछन् ।
प्रतियोगिताका छ खेलमा जिल्लाका चार वटा पालिकाबाट एक हजार १२६ खेलाडीको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष राजु थापाले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट हुनेलाई रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिताअन्तर्गत प्रत्येक विधामा उत्कृष्ट हुने खेलाडीलाई आगामी जेठमा बागमती प्रदेशमा हुने बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराई प्रतिस्पर्धा गराइने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
-
दुर्घटनामा परेर काठमाडौँ र ललितपुरमा दुई जनाको मृत्यु
-
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
-
अमेरिका र इरानबिचको पहिलो चरणको वार्तामा ‘उत्साहजनक प्रगति’
-
अमेरिका-इरानबिचको युद्ध अन्त्य वार्तामा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण