स्वास्थ्यलाभ गरिरहेका अध्यक्ष ओलीको प्रस्टोक्ति: एमालेको नीति र नेतृत्व स्वीकारे मात्र एकता सम्भव
सारांश
- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको सिद्धान्त, नीति र नेतृत्व स्वीकार गर्नेहरूसँग मात्र पार्टी एकता सम्भव हुने स्पष्ट पारेका छन्।
- अध्यक्ष ओलीले विगतको जस्तो वैचारिक र सांगठनिक एकरूपता बिनाको एकता अब सम्भव नहुने बताएका छन्।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सिद्धान्त, नीति र नेतृत्वलाई स्वीकार गर्ने शक्तिसँग मात्र पार्टी एकता सम्भव हुने बताएका छन् । शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका उनले विगतको जस्तो वैचारिक र सांगठनिक एकरूपता बिनाको एकता अब सम्भव नहुने स्पष्ट पारेका हुन् ।
एमाले नेता विशाल भट्टराईले आइतबार सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीसँगको भेटबारे जानकारी दिँदै उनका भनाइहरू सार्वजनिक गरेका हुन् । भट्टराईका अनुसार, शल्यक्रियापछि निवासमा आराम गरिरहेका ओलीको स्वास्थ्य अवस्था निकै सुदृढ देखिएको छ ।
ओलीलाई उद्धृत गर्दै अस्पतालमा रहँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू स्वास्थ्यलाभको कामना गर्न मात्र आएको, तर पार्टी एकतासम्बन्धी कुनै कुराकानी नभएको नेता भट्टराईले फेसबुकमा लेखेका छन् । भेटका क्रममा ओलीले पार्टी एकताका लागि नेकपा (एमाले) को सिद्धान्त, नीति, कार्यक्रमलाई स्वीकार गर्ने र एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनको नीति र नेतृत्वलाई स्वीकार गर्नेहरूसँग मात्र पार्टी एकता गर्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ट्राफिक कारबाहीबाट १ करोड ३२ लाख भन्दा बढी राजस्व सङ्कलन
-
गाडी चालक रामबहादुरको शव कर्णाली नदी टापुमा भेटियो
-
बढ्यो प्रचण्डको सक्रियता, माधवपछि ओलीलाई भेटेर प्रदेशबारे निर्णयमा पुग्ने
-
विराटनगर आइपुग्याे रेल कार्गो, तस्बिरहरू
-
तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै महिलाहरू
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण