मर्सीसाइड डर्बीमा लिभरपुलको सनसनीपूर्ण जित
सारांश
- लिभरपुलले मर्सीसाइड डर्बीमा एभर्टनलाई २-१ गोलले पराजित गर्दै नाटकीय जित हात पारेको छ।
- कप्तान भर्जिल भान डाइकले इन्जुरी समयको १० औँ मिनेटमा निर्णायक गोल गरेका थिए।
- यस जितसँगै लिभरपुलले च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनालाई थप बलियो बनाएको छ।
लण्डन । प्रिमियर लिगको बहुप्रतिक्षित मर्सीसाइड डर्बीमा लिभरपुलले एभर्टनमाथि नाटकीय जित हात पारेको छ। हिल डिकिन्सन स्टेडियममा भएको २४८ औँ ऐतिहासिक भिडन्तमा कप्तान भर्जिल भान डाइकले इन्जुरी समयको १० औँ मिनेटमा गोल गरेपछि लिभरपुल २–१ ले विजयी भएको हो।
खेलको पहिलो हाफमा एभर्टनले राम्रो सुरुवात गरे पनि अग्रता लिने अवसर गुमायो। २७ औँ मिनेटमा इलिमान एनडियाले गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्रीले जेक ओब्रायनलाई अफसाइड घोषित गरेपछि एभर्टनको खुसी लामो समय टिक्न सकेन।
त्यसको दुई मिनेटपछि नै मोहमद सलाहले कोडी गाक्पोको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। मर्सीसाइड डर्बीमा सलाहको यो नवौँ गोल हो, जुन प्रिमियर लिग इतिहासमा कुनै पनि खेलाडीले यस डर्बीमा गरेको सर्वाधिक गोल संख्या हो।
दोस्रो हाफमा डेभिड मोयसको टोली एभर्टनले खेलमा फर्कने प्रयास गर्यो। लिभरपुलका रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै बेटोले किरनान ड्युसबरी–हलको क्रसमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
सोही समयमा लिभरपुलका गोलरक्षक जर्जिया मामार्डास्भिली घाइते भएपछि मैदान छाड्न बाध्य भए। एलिसन बेकर पहिले नै घाइते रहेका कारण प्रशिक्षक आर्न स्लटले सन् २०२१ पछि पहिलो पटक प्रिमियर लिग खेल्न लागेका फ्रेड्डी उडम्यानलाई मैदान प्रवेश गराएका थिए।
खेल बराबरीको दिशामा अघि बढिरहँदा इन्जुरी समयको १० औँ मिनेटमा डोमिनिक सोबोस्लाईको कर्नरमा भान डाइकले उत्कृष्ट गोल गर्दै लिभरपुललाई महत्वपूर्ण तीन अंक दिलाए। प्रिमियर लिग इतिहासमा लिभरपुलले एभर्टन विरुद्ध ९० मिनेट पछिको इन्जुरी समयमा गोल गरेर जितेको यो छैटौँ पटक हो, जुन कुनै पनि टोली विरुद्धको सर्वाधिक रेकर्ड हो।
यो जितसँगै लिभरपुलले छैटौँ स्थानको चेल्सीसँग सात अंकको अग्रता बनाएको छ। यसले अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने टोलीको सम्भावनालाई थप बलियो बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
-
दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
-
जनकपुरको रामानन्द र पिडारी चोक सवारी दुर्घटनाको अति जोखिममा
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण