सुनको मूल्यमा गिरावट: आज ३ लाख रुपैयाँ नजिक
सारांश
- नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको छ।
- आज फाइन गोल्डको मूल्य २ लाख ९९ हजार ७०० रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेर ५ हजार १९० रुपैयाँमा झरेको छ।
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आजका लागि फाइन गोल्डको मूल्य प्रतितोला २ लाख ९९ हजार ७०० रुपैयाँ तोकिएको छ। यसअघि हिजो सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज १० ग्राम सुनको मूल्य पनि घटेर करिब २ लाख ५६ हजार ९४५ रुपैयाँ कायम भएको छ ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि सामान्य कमी देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला ३५ रुपैयाँले घटेर ५ हजार १९० रुपैयाँमा झरेको छ।
हिजो चाँदी प्रतितोला ५ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ४५० रुपैयाँको हाराहारीमा कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक मूल्य निर्धारण गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण