बढ्यो गृहमन्त्री सुधन गुरुङको दौडधुप, सभापति रवि लामिछाने भेट्न बुढानीलकण्ठ पुगे
सारांश
- गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्।
- विभिन्न विवादमा मुछिएपछि गुरुङलाई कारबाही गर्ने विषयमा रास्वपाभित्र छलफल चलिरहेको छ।
- उक्त विषयमा निर्णय लिन आज रास्वपाको केन्द्रीय समिति बैठक बस्दै छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।
गुरुङ सम्पत्ति शुद्धीकरण मुद्दाका अभियुक्त दीपक भट्ट र व्यापारिक घराना शंकर ग्रुप लगायतसँग बिजनेस पार्टनर भएको खुलेसँगै उनी प्रश्नको घेरामा छन् । यहीबिचमा उनले सोमबार बिहान पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका हुन् । उनी लामिछानेलाई भेट्न बुढानीलकण्ठस्थित निवास पुगेको स्रोतले पुष्टि गरेको छ ।
गोरखा–१ बाट निर्वाचित सांसद रहेका उनी चैत १३ गते गृहमन्त्री बनेका थिए । गुरुङलाई कारबाही गर्ने सम्बन्धमा पार्टीभित्र उच्च नेताबिच छलफल भएपछि उनको दौडधुप बढेको छ ।
उनलाई कारबाही गर्ने/नगर्ने विषयमा आज दिउँसो बस्ने केन्द्रीय समिति बैठकले निर्णय लिने बताइएको छ । कारबाहीको सम्बन्धमा पार्टी अनुशासन आयोगले पनि आन्तरिक गृहकार्य थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण