वर्षाले प्रभावित खेल छोट्याइयो, यूएईले पायो ७८ रनको लक्ष्य
सोमबार, ०७ वैशाख २०८३, २० : ०८
काठमाडौँ । नेपाल र यूएईबिच वर्षाले रोकिएको खेल सुरु भएको छ ।
पहिलो इनिङ चल्दै गर्दा त्रिवि क्रिकेट मैदानमा वर्षा भएपछि खेल रोकिएको थियो । नेपालले १८ दशमलव ५ ओभरमा १२२ रन बनाएको थियो भने ८ विकेट गुमाएको थियो ।
अब भने खेल छोट्याइएको छ । यूएईले १० ओभरमा ७८ रनको लक्ष्य पाएर जवाफी ब्याटिङ गरिरहेको छ । ३ ओभरको पावर प्ले बनाइएको छ ।
यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले कमजोर प्रदर्शन गरेको थियो । नेपालका कुनै पनि ब्याटरले अर्धशतकको आँकडा छुन सकेनन् । वर्षाले खेल रोकिँदा नेपालका कप्तान दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने क्रिजमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
-
दुर्घटनामा परेर काठमाडौँ र ललितपुरमा दुई जनाको मृत्यु
-
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
-
अमेरिका र इरानबिचको पहिलो चरणको वार्तामा ‘उत्साहजनक प्रगति’
-
अमेरिका-इरानबिचको युद्ध अन्त्य वार्तामा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण