मालती मंगलेको गीत ‘झ्याम पारम’मा विजय र वर्षाको नृत्य
सारांश
- नेपाली फिल्म 'मालती मंगले'को नयाँ गीत 'झ्याम पारम' सार्वजनिक गरिएको छ।
- सार्वजनिक गीतमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलको नृत्य देख्न सकिन्छ।
काठमाडौँ । वैशाख २५ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक गरिएको छ । निर्माण पक्षले फिल्मको तेस्रो गीतको रूपमा यो डान्सिङ नम्बर ल्याएको हो ।
गीतमा चर्चित गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ । राजेन्द्र थापाको शब्द, राजन राज शिवाकोटीको सङ्गीत रहेको गीतमा श्यामश्वेत रसाइलीको एरेन्ज छ ।
गीतको भिडियोमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलका साथमा चर्चित डान्सर सविन कार्की (बिस्ट), एलिसा शर्मा र रोशित कर्माचार्य लगायत देखिएका छन् । रोशन विश्वकर्माको कोरियोग्राफी गीतमा छ ।
प्रकु पाण्डेयको निर्देशन रहेको फिल्मलाई रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो । फिल्ममा विजय, वर्षा र मेक्समका साथमा नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराई लगायतका कलाकारहरूको अभिनय छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको बहुलठ्ठीपनः अमेरिकी साम्राज्यवादको संकट
-
गण्डकीमा थपिँदै रुग्ण आयोजना, ५४ ठुला आयोजना अलपत्र
-
च्यासलमा सुरु भयो एमाले संसदीय दलको बैठक
-
'अमेरिका–इरान सम्झौताको भविष्य प्रतिबद्धताको कार्यान्वयनले तय गर्छ'
-
बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित
-
सरकारको प्रस्टीकरण : कक्षा १२ को नतिजामा त्रुटि छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण