जिल्ला प्रशासनमा एकद्वार प्रणालीमार्फत सेवा सुरु
मङ्गलबार, ०८ वैशाख २०८३, १५ : १२
सङ्खुवासभा । जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहलाई सहज, छरितो र नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु गरेको छ ।
सो प्रणालीमार्फत नागरिकता, राहदानीलगायत महत्त्वपूर्ण सेवा अब एउटै स्थानबाट उपलब्ध गराइने भएको छ । सेवाग्राहीले अब विभिन्न शाखा धाउनुपर्ने झन्झट समाप्त भएको छ । सोमबारदेखि एकद्वार प्रणालीमार्फत सेवा प्रवाह लागू गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताइन् ।
सेवाग्राहीलाई सहजीकरणका लागि सहायता कक्षसमेत सञ्चालन गरिएको छ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन प्रशासनिक निकायहरूमा एकद्वार सेवा प्रणाली लागू गर्ने नीति अघि सारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण