मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

जोमसोम र चामेलाई नगरपालिका बनाउन सुझाव

बुधबार, ०९ वैशाख २०८३, ०९ : ०१
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • नेपाल नगरपालिका संघले मनाङको चामे र मुस्ताङको घरपझोङलाई नगरपालिका बनाउन सरकारलाई सुझाव दिएको छ।
  • प्रतिवेदनमा गोरखा र म्याग्दीका केही गाउँपालिकाहरूलाई मिलाएर नगरपालिका बनाउन सकिने प्रस्ताव गरिएको छ।
  • संघले स्थानीय तहको सिमाना र संख्या व्यवस्थापनका लागि वैज्ञानिक मापदण्ड अपनाउनुपर्नेमा जोड दिएको छ।

पोखरा । हिमालपारिको जिल्ला मनाङ र मुस्ताङमा पनि नगरपालिका बनाउनुपर्ने सुझावसहित प्रतिवेदन सरकारलाई बुझाइएको छ । नेपाल नगरपालिका संघले विशेष अध्ययन गरेर प्रतिवेदन सरकारलाई बुझाएको हो । मनाङको चामे र मुस्ताङको घरपझोङलाई नगरपालिका बनाउनुपर्ने माग संघको छ ।

अध्ययनको नेतृत्व नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले गरेका थिए । टोलीमा भूगोल विज्ञ डा। भोलानाथ ढकाल, तथ्यांक विज्ञ दिनेश भट्टराई  र अधिवक्ता विश्वहरि नेपाल सदस्य थिए ।

‘जिल्ला सदरमुकामको हिसाबले पनि नगरपालिका बनाउनुपर्छ । नगरपालिका बनाएर अहिलेदेखि नै बजार व्यवस्थापन गर्नुपर्छ,’ देवकोटाले भने, ‘सर्लाहीमा १२, रौतहटमा १६ वटा नगरपालिका बनाएको छ । जनसंख्यालाई मात्रै टेकेर नगरपालिका बनाएर हुने होइन ।’

यस्तै, गोरखाको अजिरकोट, बारपाक सुलिकोट र धार्चे गाउँपालिका मिलाएर विशेष नगरपालिका निर्माणको सुझाव छ । म्याग्दीमा पनि रघुगंगा र धवलागिरी गाउँपालिकालाई नगरपालिका बनाउन सकिने सुझाव दिइएको छ । ‘हामीले जेनजी आन्दोलन अगाडि नै प्रतिवेदन दिएको हो । तर, राजनीतिक विषय भन्दै टारिएको थियो,’ अघि भने, ‘धेरै पालिकाको सिमाना मिलेको छैन । यसलाई मिलाउँदा राम्रो हुन्छ । प्राकृतिक स्रोतको पनि प्रष्टता आउँछ ।’

स्याङ्जा, लमजुङ लगायत जिल्लामा सिमानाको विवाद रहेको प्रतिवेदनमा उल्लेख छ । संघ सरकारले स्थानीय तहको सिमाना र सङ्ख्या घटाउनका लागि मापदण्ड तयार गरेको छ । उक्त मापदण्डमा आवश्यक सुझाव दिन भनिएको छ । मापदण्ड निर्माणको चरणदेखि नै गण्डकी प्रदेशमा सिमाना र पालिका हेरफेरको बहस चलिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप