‘परालको आगो’को अग्रिम टिकट बुकिङ खुला, कति पायो शो ?
बुधबार, ०९ वैशाख २०८३, १२ : ४४
सारांश
- शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म 'परालको आगो'को अग्रिम टिकट बुकिङ देशभर खुला गरिएको छ।
- दर्शकको उत्साहलाई मध्यनजर गर्दै फिल्मले देशभरका हलमा एक सयभन्दा बढी शो पाएको छ।
काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को अग्रिम टिकट बिक्री खुलेको छ। फिल्मको बुधबार बिहानदेखि देशभरका हलले अग्रिम बुकिङ खुलाएका हुन् । अहिले देशव्यापी रुपमा फिल्मले एक सयभन्दा बढी शो पाएको छ । दर्शकको उत्साहलाई ध्यानमा राखी हलवालाले यो फिल्मलाई उच्च शो दिएका हुन् । दर्शकको बुकिङको आधारमा शो थपघट हुनेछ ।
गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बालकलाकार मन्जिला बानियाँलगायतको अभिनय छ ।
हरि ॐ सिने मेकर्स प्रा.लिको ब्यानरमा निर्माण भएको यस फिल्म सुशील पोखरेलले निर्माण गरेका हुन् । सुलभी पोखरेल र सत्यम पोखरेल समेत निर्माता रहेको फिल्मलाई स्वदेशमा आर आर फिल्मसले वितरण गर्दैछन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण