सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

स्ट्रेट अफ होर्मुजमा जहाजमाथि गोली प्रहार

बुधबार, ०९ वैशाख २०८३, १३ : १३
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • इरानको इस्लामिक रिभोलुशनरी गार्ड कप्र्सले स्ट्रेट अफ होर्मुजमा एउटा कन्टेनर जहाजमाथि गोली प्रहार गरेको छ।
  • कुनै पूर्व चेतावनीबिना चलाइएको गोलीका कारण जहाजको नियन्त्रण कक्षमा गम्भीर क्षति पुगेको छ।
  • घटनामा जहाजका सबै क्रु सदस्यहरू सकुशल रहेका छन् भने कुनै वातावरणीय क्षतिको विवरण आएको छैन।

तेहरान । इरानले स्ट्रेट अफ होर्मुजमा जहाजमाथि गोली प्रहार गरेको छ । यूके मेरिटाइम ट्रेड अपरेसन (यूकेएमटीओ) का अनुसार इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी) को ‘गन बोट’ ले स्ट्रेट अफ होर्मुज भएर गइरहेको एउटा कन्टेनर जहाजमाथि गोली प्रहार गरेको हो । 

रोयल नेभीको नेतृत्वमा सञ्चालित यूकेएमटीओले जनाएको अनुसार उक्त घटना ओमानको उत्तर–पूर्वतर्फ करिब १५ नटिकल माइल दूरीमा भएको हो । रिपोर्टअनुसार आईआरजीसीको एउटा ‘गन बोट’ जहाज नजिक पुगेको थियो । 

सामान्यतया गरिने रेडियो सम्पर्क भीएचएफ चेतावनीबिनै सो बोटले जहाजमाथि सिधै गोली चलाएको बताइएको छ । यस आक्रमणका कारण जहाजको नियन्त्रण कक्षमा गम्भीर क्षति पुगेको यूकेएमटीले जनाएको छ ।

यस घटनामा अहिलेसम्म आगलागी वा वातावरणीय क्षतिको खबर आएको छैन । जहाजका सबै क्रु सदस्य सकुशल रहेको बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप