नेपाल ‘ए’ सामु ओमानद्वारा २ सय ८१ रनको लक्ष्य प्रस्तुत
सारांश
- काठमाडौँको मूलपानी क्रिकेट मैदानमा जारी अभ्यास खेलमा ओमानले नेपाल 'ए' लाई जितका लागि २ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
- ओमानका लागि मुजीबुर अलिले सर्वाधिक ७२ र कप्तान जतिन्द्र सिंहले ५८ रनको योगदान दिएका छन्।
- नेपालका लागि आकाश चन्दले ४ विकेट लिएका छन् भने अन्य बलरहरूले ओमानलाई निर्धारित लक्ष्यमा रोक्न सहयोग गरेका छन्।
काठमाडौँ । काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी एकदिवसीय अभ्यास खेलमा ओमानले नेपाल ‘ए’ सामु जितका लागि २ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८० रन बनाएको हो ।
टोलीका लागि मुजीबुर अलिले सर्वाधिक ७२ रनको योगदान दिए । उनले ८५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै, ओपनर तथा कप्तान जतिन्द्र सिंहले पनि अर्धशतकीय पारी खेले । उनले ४८ बलको सामना गर्दै ९ चौका र १ छक्काको मद्दतले ५८ रन जोडे ।
हसिर दाफेदरले ४६ रन तथा आशिष ओडेराले २७ रन बनाए । विनायक शुक्लाले २२ बलमा २५ रन हिर्काए । खेलको अन्त्यतिर जितेन कुमार रामन्दानीले नट आउट रहेर १७ रन जोडे ।
नेपालका लागि आकाश चन्दले शानदार बलिङ गर्दै ९ ओभरमा मात्र ३१ रन खर्चेर ४ विकेट लिए । यसैगरी सन्तोष यादवले २ विकेट तथा शहाब आलम, शेर मल्ल र रासिद खानले १-१ विकेट लिए ।
यही वैशाख १२ गतेदेखि हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न आएको ओमानले नेपाल ‘ए’ टोलीसँग अभ्यास खेल खेल्न लागेको हो । त्रिकोणात्मक सिरिजमा नेपालसँगै यूएई र ओमान छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण