कर्णाली प्रदेशसभाको निमित्त सचिवमा नेत्र कार्की
बुधबार, ०९ वैशाख २०८३, १४ : ५०
सारांश
- कर्णाली प्रदेशसभाको रिक्त सचिव पदमा वरिष्ठ उपसचिव नेत्रबहादुर कार्कीलाई जिम्मेवारी तोकिएको छ।
- सभामुख नन्दा गुरुङले अर्को व्यवस्था नभएसम्मका लागि कार्कीलाई प्रदेशसभा सचिवालयको कामकाज गर्ने जिम्मेवारी सुम्पिएकी हुन्।
सुर्खेत। कर्णाली प्रदेशसभा सचिवको रिक्त पदमा वरिष्ठ उपसचिव नेत्रबहादुर कार्कीलाई जिम्मेवारी तोकिएको छ। सभामुख नन्दा गुरुङले अर्को व्यवस्था नभएसम्मका लागि प्रदेशसभा सचिवालयका अधिकृतस्तर दशौँका कर्मचारी कार्कीलाई सो जिम्मेवारी सुम्पिएकी हुन् ।
प्रदेशसभामा सचिव पद रिक्त रहेकाले कामकाजमा सहजता ल्याउन कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम २१५ बमोजिम सचिवले गर्ने कार्यहरू गर्ने गरी कार्कीलाई जिम्मेवारी दिइएको हो ।
यसअघि प्रदेशसभा सचिव रहेका जीवराज बुढाथोकीको उमेर हद पुरा भएसँगै राजीनामा दिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण