सुधन गुरुङको समर्थनमा प्रियंका कार्की : पदभन्दा नैतिकता रोज्नु ठुलो कुरा हो
सारांश
- अभिनेत्री प्रियंका कार्कीले राजीनामा दिएका सुधन गुरुङले पदभन्दा नैतिकता रोजेको भन्दै उनको समर्थन गरेकी छिन्।
- प्रियंकाले गुरुङमाथि लागेका आरोपहरूको निष्पक्ष र गहिरो छानबिन हुनुपर्ने माग राखेकी छिन्।
काठमाडौँ । अभिनेत्री प्रियंका कार्की गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङको पक्षमा उभिएकी छन् । गुरुङले पदभन्दा नैतिकतालाई रोजेको भन्दै समर्थन गरेकी हुन्।
बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै प्रियंकाले कठिन समयमा पनि विचलित नभई नैतिकताको बाटो रोज्नु प्रशंसनीय भएको बताएकी छिन्।
मिडिया ट्रायलले दबाब सिर्जना गरेको उल्लेख गर्दै उनले लेखेकी छिन्, ‘सधैँ राम्रो काम गर्ने मान्छेले नै धेरै अग्निपरीक्षा दिनुपर्छ, इतिहासले यो बारम्बार देखाएको छ।’
उनले लागेका आरोपहरूको निष्पक्ष र गहिरो छानबिन गरी सत्य उजागर हुनुपर्ने माग समेत गरेकी छिन्। सुदनको क्षमता को प्रशंसा गर्दै प्रियंकाले यो अवस्था अन्त्य नभएर एउटा नयाँ सुरुवात भएको बताएकी छिन्।
‘म विश्वस्त छु, तपाईं यो लडाइँ जितेर अझ शक्तिशाली भएर फर्किनुहुनेछ। नेपालले अझै तपाईंभित्रको शक्ति र भिजन देख्न बाँकी छ, किनकि नेपाललाई तपाईंको खाँचो छ,’ उनले उल्लेख गरेकी छिन्। सेयर विवादमा मुछिएपछि गुरुङले बुधबार नै पदबाट राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण