सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
भाडा बढाउन प्रस्ताव

फेरि बढ्दै सार्वजनिक यातायातकाे भाडा

बुधबार, ०९ वैशाख २०८३, १७ : ५१
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ९.८ प्रतिशतले बढाउन मन्त्रालयमा प्रस्ताव गरेको छ।
  • ढुवानीका सवारी साधनमा पहाडी क्षेत्रका लागि १४ र तराई क्षेत्रका लागि १२ प्रतिशत भाडा समायोजनको सिफारिस गरिएको छ।
  • इन्धनको मूल्यमा भएको निरन्तर वृद्धिका कारण व्यवसायीको दबाबमा सो सिफारिस गरिएको हो।

काठमाडाैँ । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको छ। 

विभाग स्रोतकाअनुसार विभागले बुधबार मन्त्रालयलाई यात्रुवाहक सवारीका लागि ९.८  प्रतिशत र ढुवानीका सवारीका लागि पहाडीमा करिब १४  प्रतिशत र तराईमा १२ प्रतिशतका दरले समायोजन गर्ने गरी सिफारिस गरेको छ। 

गत चैत २५ गते विभागले अन्तरप्रदेशको रुटमा चल्ने सार्वजनिक यातायातमा भाडा समायोजन गरेको थियो । यातायात व्यवस्था विभागले १३  वटा सूचकलाई मध्यनजर गर्दै यात्रुवाहक सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशत, पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ ।

त्यसयता २ पटक इन्धनको मूल्य वृद्धि भइसकेको भन्दै यातायात व्यवसायीले सरकारसमक्ष भाडा बढाउन माग गर्दै आएका थिए । पश्चिम एसिया द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै नेपाल आयल निगमले वैशाख ३ गतेदेखि लागू हुने गरी  डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ वृद्धि गरेको थियो । पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।यसअघि चैत २६  गते डिजेलमा २५ रुपैयाँ र पेट्रोलमा १७  रुपैयाँ बढेको थियो।

डिजेलमा मात्रै प्रतिलिटर ५५ रुपैयाँ बढेको भन्दै व्यवसायीले भाडा  बढाउन सरकारलाई दबाब दिइरहेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप