मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनमा जलेका सवारी लिलाम गर्ने गण्डकी सरकारको निर्णय

संक्रामक रोग उपचारका लागि ५ करोडको कोष
बुधबार, ०९ वैशाख २०८३, १९ : ५३
बुधबार, ०९ वैशाख २०८३

पोखरा । गण्डकी प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनहरूको लिलाम बिक्री वा लिलाम मिनाहा गर्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनमा जलेका १ सय ८४ वटा सवारी साधनहरूलाई लिलाम गर्ने निर्णय गरेको हो । जलेर काम नलाग्ने अवस्थामा रहेका गाडीहरूलाई मूल्यांकनका आधारमा कतिपयलाई लिलामी र कतिपयलाई पत्रु गर्न लागिएको सरकारले जनाएको छ । 

बैठकले संक्रामक तथा सरुवा रोग उपचारका लागि छुट्टै कोष बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् पुनर्गठनपछि बसेको पहिलो बैठकले आकस्मिक उपचारमा प्रयोग गर्ने गरी यो कोष निर्माण गरेको हो ।

‘केही समयअघि बागलुङमा दादुरा देखियो । उपचारका लागि फण्ड भएन,’ सरकारका प्रवक्ता जित शेरचनले भने, ‘भोलि यस्तै समस्या अन्यत्र आउला । सरुवा र संक्रामक रोगको तत्काल उपचारका लागि कोष निर्माण गरिएको हो ।’ 

कोषको रकम स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री कार्यालयको समन्वयमा परिचालन हुनेछ । बैठकले अर्थमन्त्री समेत रहेका शेरचनलाई प्रवक्ता तोक्ने निर्णय गरेको छ । यसबाहेक १९८ जना असाध्य रोगीहरुलाई उपचार सहायता प्रदान गर्ने निर्णय गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप