जेलेन्स्कीसँग भेट्ने ट्रम्पको घोषणा, रुसलाई शान्ति सम्झौतामा आउन आग्रह
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने घोषणा गरेका छन् ।
- ट्रम्पले रुसलाई युक्रेन युद्ध अन्त्य गर्ने शान्ति सम्झौतामा आउन आग्रह गरेका छन् ।
- जी-७ शिखर सम्मेलनका क्रममा ट्रम्पसहित सदस्य राष्ट्रका नेताहरूले जेलेन्स्कीसँग संयुक्त बैठक गरी युक्रेनको सुरक्षा अवस्था, रुसविरुद्धको युद्ध तथा सम्भावित शान्ति प्रक्रियाबारे छलफल गरेका छन् ।
पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग बुधबार भेटवार्ता गर्ने बताएका छन् ।
साथै उनले रुसलाई युक्रेन युद्ध अन्त्य गर्ने शान्ति सम्झौतामा आउन आग्रह गरेका छन् । फ्रान्समा जारी जी–७ शिखर सम्मेलनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘रुसले सम्झौता गर्नुपर्छ । रुसले ठूलो संख्यामा मानिस गुमाएको छ, युक्रेनले पनि त्यत्तिकै ठूलो क्षति बेहोरेको छ,’ ।
पछिल्लो समय ट्रम्पको ध्यान इरानसँगको युद्ध अन्त्यसम्बन्धी कूटनीतिक प्रयासमा केन्द्रित रहेकाले युक्रेन–रुस युद्धबारे उनको पहल ओझेलमा परेको थियो । तर इरानसँग प्रारम्भिक सहमति भएपछि अब आफू युक्रेन युद्ध समाधानका लागि पनि सक्रिय हुने संकेत दिएका छन् ।
ट्रम्पले इरानसँग भएको सम्झौतापछि युक्रेन–रुस द्वन्द्व अन्त्यका लागि सक्दो सहयोग गर्ने बताएका छन् ।
जी–७ सम्मेलनअन्तर्गत बुधबार बिहान ट्रम्पसहित सदस्य राष्ट्रका नेताहरूले जेलेन्स्कीसँग संयुक्त बैठक गरेका थिए । उक्त बैठकमा युक्रेनको सुरक्षा अवस्था, रुसविरुद्धको युद्ध तथा सम्भावित शान्ति प्रक्रियाबारे छलफल भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयका उपकुलपति उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता असार १३ देखि १५ गतेसम्म
-
नेकपा कोशी प्रदेशको कार्य विभाजन टुङ्गियाे, जिल्ला र विभागहरूमा जिम्मेवारी बाँडफाँड
-
के हो ई-पासपोर्ट छपाई प्रकरण, किन पक्राउ परे राहदानी विभागका महानिर्देशक ?
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गाैतमलाई थुनामा पठाउने आदेश
-
बजेटमाथि रास्वपा सांसदकै आक्रोश : शक्ति केन्द्रको वरिपरि मात्रै घुम्यो
-
मिलेमतोमा ठेक्का, प्रमाण लुकाउन कागजात नै गायब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण