भारतमा अब डाक्टरको प्रेस्क्रिप्सनबिना कफ सिरप किन्न नपाइने
सारांश
- भारत सरकारले डाक्टरको प्रेस्क्रिप्सनबिना कफ सिरप किन्न नपाइने व्यवस्था लागू गरेको छ ।
- विषाक्त सिरपका कारण बालबालिकाको मृत्यु भएपछि औषधि खरिद बिक्रीसम्बन्धी नियम कडा पारिएको छ ।
- नयाँ व्यवस्थाअनुसार सिरपको अनुगमन, गुणस्तर नियन्त्रण र निगरानी प्रणाली बलियो बनाइनेछ ।
नयाँ दिल्ली । भारत सरकारले कफ सिरप अब डाक्टरको प्रेस्क्रिप्सनबिना किन्न नपाइने व्यवस्था ल्याएको छ ।
गत वर्ष विषाक्त सिरपका कारण मध्यप्रदेशमा २६ जना बालबालिकाको मृत्यु भएपछि भारतले औषधि खरिद तथा बिक्रीसम्बन्धी नियमहरू कडा पारेको हो । नयाँ व्यवस्थाअनुसार सिरपलाई अब ड्रग्स रुल्स, १९४५ अन्तर्गतको अनुसूची–केबाट हटाइएको छ । यस सूचीमा पहिले केही औषधिहरूलाई सीमित नियममा छुट दिइएको थियो, जसका कारण तिनलाई सामान्य पसलबाट पनि सजिलै किन्न सकिन्थ्यो ।
सरकारका अनुसार यो परिवर्तनले सिरपको अनुगमन, गुणस्तर नियन्त्रण र निगरानी प्रणाली अझ बलियो बनाउनेछ। अब सिरप उत्पादन गर्ने कम्पनी र बिक्री गर्ने विक्रेताले कडा लाइसेन्स र गुणस्तर मापदण्ड पालना गर्नुपर्नेछ । यो निर्णय लागु गर्नुअघि औषधि प्राविधिक सल्लाह बोर्डसँग परामर्श गरिएको र सार्वजनिक सुझाव पनि मागिएको सरकारले जनाएको छ ।
मध्यप्रदेशमा अक्टोबर २०२५ मा दूषित खोकी सिरप सेवनपछि २६ बालबालिकाको मृत्यु भएको घटना सार्वजनिक भएपछि सरकारमाथि औषधि सुरक्षाबारे प्रश्न उठेको थियो ।
यसअघि पनि केही वर्षयता भारतीय कफ सिरपलाई लिएर अन्तर्राष्ट्रियस्तरमा चिन्ता व्यक्त गरिएको थियो । अफ्रिकी देशहरू र उज्बेकिस्तानमा यस्तै औषधिका कारण बालबालिकाको मृत्युका घटना भएपछि भारतले निर्यात र उत्पादन दुवैमा कडा निगरानी सुरु गरेको थियो ।
सरकारले २०२२–२३ यता सिरप निर्यातअघि सरकारी प्रयोगशालामा अनिवार्य परीक्षण लागु गरेको थियो । साथै औषधि उत्पादन इकाइका लागि गुड म्यानुफ्याक्चरिङ प्राक्टिस मापदण्ड पनि कडा पारिएको थियो ।
नयाँ व्यवस्थाअनुसारः
–सिरप औषधि अब बिना प्रेस्क्रिप्सन बिक्री गर्न पाइने छैन ।
–उत्पादन र बिक्रीमा कडा लाइसेन्स तथा गुणस्तर नियम लागू हुनेछ ।
–राज्य र केन्द्रका औषधि नियन्त्रण निकायबाट संयुक्त निरीक्षण बढाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन केही मानिसहरू लामखुट्टेका लागि ‘चुम्बक’ बन्छन् ?
-
रिङ्कु कुमारीसिंह मृत्यु प्रकरणमा पति, सासू र ससुरा पक्राउ
-
मलेसियाको आन्तरिक पर्यटक ११ दशमलव पाँच प्रतिशतले वृद्धि
-
जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन
-
लगातार दोस्रो पटक विश्वकप जित्ने दाउमा रहेको अर्जेन्टिनालाई अल्जेरियाको चुनौती
-
‘नेपाली चियामाथि भारतको अवरोध प्राविधिक मात्र होइन कूटनीतिक हो, सरकारले वार्ता गरोस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण