बँदेलले वर्षे बाली सखाप पारेपछि किसान तनावमा
सल्यान - जिल्लाका कतिपय स्थानममा बँदेलको बथानले वर्षेवाली नष्ट पारेपछि किसान चिन्तित भएका छन् । वनगाड कुपिण्डे– ९ गिठाचौरका १४५ घरपरिवारले लगाएको धान, मकै, कोदोलगायतका बाली बँदेलले सखाप पारेकाले उनीहरूमा चिन्ता बढेको हो ।
गाउँ नजिकै रहेको भगवती सामुदायिक वनबाट राति बँदेलको बथान आएर लगाएको बालीनाली सखाप पार्न थालेको छ । भर्खर लगाएको धान तथा मकै बालीमा बँदेलले गरेको उपद्रो देखेर मन थाम्न नसकिएको स्थानीय कृषक डिलबहादुर बोहराले बताए ।
“पहिले–पहिले बँदेल गाउँ बाहिरका टाढाका बारीमा मात्र आउने गर्थे, अहिले त गाउँमै आएर बालीनाली नष्ट पार्न थाले”, चिन्तित हुँदै उनले भने, “यस्तै हो भने अब गाउँ छाडेर जानुको विकल्प रहेन ।” वर्षभरि दुःख गरेको बालीनाली आँखै अगाडि बँदेलले तहसनहस पार्न थालेपछि परिवारको गर्जो टार्नसमेत समस्या हुन थालेको बोहराको भनाइ थियो ।
विगत पाँच वर्षदेखि गाउँमा बँदेल आतंक बढ्न थालेको वनगाड कुपिण्डे–९ गिठाचौरका यज्ञबहादुर थापाले जानकारी दिए ।
उनले भने, “बँदेलले दुःख दिन थालेपछि गाउँभन्दा टाढाका बारी तथा खेत बाँझै छन्, पहिले बँदेल गाउँमा पस्दैनथे विगत पाँच वर्षदेखि बँदेलेको बथान राति गाउँमै छिर्छ, रातभरि उपद्रो गरेर बिहान जंगल जान्छन्, जति गरे पनि नियन्त्रण गर्न सकिएन । त्यसै कारण गाउँ जतिबेला पनि विस्थापित हुनुपर्ने बाध्यता भएको छ ।”
अर्का कृषक कृषक चित्रभान बोहराले भने, “गाउँमा सबै परिवारको बारी क्षति भएकाले बँदेल धपाउन रातभरि जाग्राम बस्छौँ तर कतिबेला कताबाट आएर छिर्छन् थाहै हुँदैन खेततिर गयो बारीमा आउँछन्, बारीतिर गयो खेतमा आउँछन् । यस्तो दुःख कहिलै भोगेका थिएनौ ।”
बँदेलले क्षति पु¥याउन थालेपछि ४० प्रतिशत जमिन बाँझै रहेको पिडा सुनाउँदै कृषक कामी बोहराले भने, “दुःख गरेर बारीमा अन्न लगायो अब भित्र्याउनु पर्छ भन्ने बेला बँदेलले सखाप पार्छ, त्यही भएर धेरैजसो बारी बाँझै छन्, अब गाउँमै आएर दुःख दिन थालेकाले गाउँ छोड्न मात्र बाँकी भयो”।
गिठाचौर बस्ती नजिकै रहेको भगवती सामुदायिक वनबाट आउने बँदेलका बथानले एकै रातमा थुप्रै बालीमा क्षति पु¥याउने भएकाले तिनको नियन्त्रणका लागि सम्बन्धित निकायमा जानकारी गराए पनि सुनुवाइ नभएको कृषकको गुनासो थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण