सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

इरान युद्धको असरः ऐतिहासिक न्यून स्तरमा झर्यो इन्डोनेसियाली मुद्रा

बिहीबार, १० वैशाख २०८३, १४ : १४
बिहीबार, १० वैशाख २०८३

सारांश

  • इरान युद्धको कारण इन्डोनेसियाली मुद्रा रुपयाको भाउ घटेर अहिलेसम्मकै न्यून स्तरमा पुगेको छ।
  • विश्व बजारमा कच्चा तेलको मूल्य बढेपछि तेल आयातमा निर्भर देशहरूको मुद्रामा दबाब परेको छ।
  • बैंक अफ इन्डोनेसियाले रुपैयाको अवमूल्यन रोक्न र मुद्रास्फीति नियन्त्रण गर्न नीतिगत कदम चाल्ने बताएको छ।

जकार्ता । इन्डोनेशियाको मुद्रा रुपयाको भाउ घटेर अहिलेसम्मकै न्यून स्तरमा ओर्लिएको छ । बिहीबार एक डलरको भाउ इन्डोनेशियामा १७ हजार ३१५ रुपयामा पुगेको छ ।

 यो अहिलेसम्मकै सबैभन्दा कमजोर स्थिति हो । इरान युद्धका कारण स्टेट अफ होर्मुज ठप्पप्रायः भएपछि विश्वभर तेलको आपूर्ति प्रभावित भएर कच्चा तेलको भाउ बढेको छ ।

इरानमा अमेरिकी युद्धविरामले पनि स्थिति साम्य पार्न सकेको छैन । अमेरिकाले इरानमाथि आक्रमण रोकेको भएपनि इरानले स्टेट अफ होर्मुजमा जहाजामथि आक्रमण गरेपछि विश्व बजारमा बिहीबार कच्चा तेलको भाउ उकालो लागेको छ । 

तेल महँगो भएसँगै तेल आयातमा निर्भर इन्डोनेशिया, भारत, फिलिपिन्स र थाइल्यान्ड जस्ता देश मारमा परेका छन् । आयात खर्च बढ्दा यी देशका मुद्रा दबाबमा परेका छन् । बैंक अफ इन्डोनेशियाले बुधबार रुपैयाको अवमूल्यन रोक्न सबै काम गर्ने भनेको छ । 

मुद्रास्फीति नियन्त्रण गर्न नीतिगत समायोजन गर्न तयार रहेको पनि बताइएको छ ।

इरान युद्ध सुरु भएदेखि रुपया ३ प्रतिशतभन्दा बढीले कमजोर भइसकेको छ । योसँगै इन्डोनेशियाली रुपया यस वर्षको दोस्रो सबैभन्दा कमजोर एसियाली मुद्रा बनेको छ । पहिलो स्थानमा भारतीय रुपैयाँ रहेको छ । अन्य देशहरूमा पनि समान प्रवृत्ति देखिएको छ । फिलिपिन्सको पेसो दुई सातामा पहिलो पटक कमजोर हुँदै बिहीबार प्रति डलर ६० दशमलव ५२४ मा झरेको छ भने थाई भाट अप्रिल ८ यताकै न्यून स्तरमा ओर्लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप