३४ करोड खर्चेर पोखराले बनायो ४ किलोमिटर सडक
सारांश
- पोखराको शिशुवादेखि खुदीसम्मको ४.१४ किलोमिटर सडक स्तरोन्नति सम्पन्न भएको छ।
- विश्व बैङ्कको ३४ करोड ११ लाख २० हजार रुपैयाँ आर्थिक सहयोगमा उक्त सडक निर्माण गरिएको हो।
पोखरा । पोखराको शिशुवादेखि खुदीसम्मको सडक स्तरोन्नति सकिएको छ । ४.१४ किलोमिटर सडक निर्माण सकेर बिहीबार उद्घाटन गरिएको हो । विश्व बैङ्कको ३४ करोड ११ लाख २० हजार रुपैयाँ आर्थिक सहयोगमा उक्त सडक तयार भएको हो ।
सडक नालीसहित १५ मिटर डबल लेन, ७ मिटर सपोर्ट बाटो, १.५ मिटर साइकल ट्र्याक र २.५ मिटर फुट ट्र्याक रहेको आयोजनाका फोकल पर्सन ई.नवीन गौतमले जानकारी दिए ।
सहरी विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व बैङ्कको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा सञ्चालित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत उक्त आयोजना निर्माण गरिएको हो । सडक उद्घाटन गर्दै मेयर धनराज आचार्यले पोखरा विकास साझेदारहरूको लगानी र परियोजना सञ्चालनका लागि प्राथमिकतामा रहेको दाबी गरे ।
‘हामी आइसकेपछि नेपालमा जति पनि विकास साझेदारहरू छन्, ती सबै पोखरामा आएका छन्,’ उनले भने, ‘यो साना दुखले भएको चिज होइन । आज गएर ल हामीलाई यो गर्दिनुस् न भनेर भोलिपल्ट भएको पनि होइन ।’ पोखरामा हाल ३३ अर्ब बढीका परियोजनाहरू सञ्चालन रहेको उनको दाबी छ । विश्व बैङ्ककै सहयोगमा उक्त सडकको दोस्रो चरण समेत निर्माणको काम अघि बढ्ने आचार्यको भनाइ छ ।
कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पोखरा महानगरपालिकाको दिगो विकास निर्माण तर्फको यात्रा सह्रानीय भएको बताए । आफूहरू छिमेकी पालिका भएको नाताले दिगो विकासका अभियानहरूमा हातेमालो गर्न तयार रहेको उनको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल नागरिकको अपेक्षाकृत सेवामा पहुँचका पूर्वाधार जरुरी रहेकोले त्यसमा पोखरा प्रतिबद्ध रहेको बताउँछन् ।
महानगरको पूर्वाधार विकास समितिका संयोजक नरेन्द्र थापा (नरेन)ले आफूहरू समग्र महानगरको समानुपातिक र समावेशी विकासका लागि जिम्मेवार भएर लागिरहेको सुनाए । पोखरा ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदीले विकास अभियानमा साथ दिने सबैलाई धन्यवाद दिए । उक्त सडक ३० नम्बर वडामै पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण