बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

वल्डलिंकद्वारा चोभारको मञ्जुश्री पार्कमा डस्टबिन हस्तान्तरण, निःशुल्क वाइफाइ सेवा सुरु

बिहीबार, १० वैशाख २०८३, १७ : ४३
बिहीबार, १० वैशाख २०८३

काठमाडौँ । विश्वव्यापी रूपमा मनाइने पृथ्वी दिवस २०२६ का अवसरमा इन्टरनेट सेवा प्रदायक वल्डलिंक कम्युनिकेशन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रम आयोजना गरेको छ। कीर्तिपुर नगरपालिका वडा नं.६ मा रहेको ऐतिहासिक मञ्जुश्री पार्क र जलविनायक सामुदायिक वन क्षेत्रमा कम्पनीले डस्टबिन हस्तान्तरण तथा बृहत् सरसफाइ कार्यक्रम आयोजना गरेको हो।

स्थानीय प्रगतिशील युवा समूह र जलविनायक सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा आयोजित सो कार्यक्रममा कुहिने र नकुहिने फोहोरलाई अलग–अलग व्यवस्थापन गर्नका लागि डस्टबिनहरू प्रदान गरिएको थियो। 

वल्डलिंककी सीएसआर डाइरेक्टर अनुपा भण्डारी जालान र कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्यले संयुक्त रूपमा डस्टबिनको साँचो स्थानीय प्रतिनिधिहरूलाई हस्तान्तरण गरिन्। कार्यक्रमको अवसरमा सहभागीहरूले पार्क र वन क्षेत्रमा प्लास्टिकजन्य फोहोर सङ्कलन गर्दै उक्त पर्यटकीय क्षेत्रलाई प्लास्टिकमुक्त बनाउने प्रतिबद्धता समेत व्यक्त गरे।

वातावरण संरक्षणका साथै डिजिटल पहुँचलाई जोड्दै वल्डलिंकले मञ्जुश्री पार्कमा आउने पर्यटकहरूका लागि निःशुल्क वाइफाइ सेवा उपलब्ध गराएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप