आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

भोजपुर गोल्डकपः आयोजक भोजपुर फाइनलमा

बिहीबार, १० वैशाख २०८३, २३ : १०
बिहीबार, १० वैशाख २०८३

सारांश

  • भोजपुर गोल्डकपको सेमिफाइनलमा आयोजक भोजपुरले एपिएफ क्लबलाई २–० गोलले हरायो।
  • भोजपुरका दोर्जी तामाङ प्लेयर अफ दी म्याच घोषित भए, उनले ५ हजार पुरस्कार पाए।
  • प्रतियोगिताको फाइनल खेल वैशाख १२ गते हुनेछ र विजेताले पाँच लाख पाउनेछन्।

भोजपुर । नवौँ भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा गत वर्षको विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ फाइनलमा प्रवेश गरेको छ । भोजपुरले एपिएफ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

भोजपुरका लागि खेलको २९औँ मिनेटमा दोर्जी तामाङ र ६५औँ मिनेटमा सञ्जय लिम्बुले गोल गरेका थिए । एपिएफका तर्फबाट कुनै गोल हुन सकेन । आजको खेलको प्लेयर अफ दी म्याच भोजपुरका दोर्जी तामाङ घोषित भए । उनले रु पाँच हजार पुरस्कार पाए ।

शुक्रबार दोस्रो सेमिफाइनल खेल सातदोबाटो युथ क्लब ललितपुर र प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँबीच हुने आयोजक संस्थाका अध्यक्ष प्रविण सुवालले जानकारी दिए । आठ टोली सहभागी रहेको प्रतियोगिताका खेल भोजपुर नगरपालिका–७, कोदारस्थित रङ्गशालामा खेलाइँदै छन् । प्रतियोगिताको विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः रु पाँच लाख र रु तीन लाख पुरस्कार प्राप्त गर्ने छन् । फाइनल खेल यही वैशाख १२ गते खेलाइने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप