सुन र चाँदीको मूल्य घट्यो, प्रतितोला २ हजार २०० ले घट्यो सुन
शुक्रबार, ११ वैशाख २०८३, १० : ५५
सारांश
- नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले घटेको छ।
- चाँदीको मूल्यमा पनि गिरावट आउँदै प्रतितोला ७५ रुपैयाँले घटेको छ।
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले घटेको छ ।
महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ तोकेको छ । हिजो बिहीबार सुन प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । आज चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार २० रुपैयाँ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुईदिने बिदा कसका लागि ?
-
विकल्प नदिइ सडक पेटीबाट हटाइएको भन्दै दृष्टिविहीनहरूको विराेध प्रदर्शन (तस्बिरहरू)
-
अमेरिकी संसदमा पहिलो पटक युद्ध अधिकारसम्बन्धी प्रस्ताव पारित
-
पूर्वमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरणमा किन पक्राउ गरियो ?
-
सेरोफ्लो रोटाक्याप नामक नक्कली औषधि छ्यापछ्याप्ती, सचेत रहन आग्रह
-
हुम्लामा जिप दुर्घटना, ४ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण