फ्राइडे रिलिज : हलमा ‘परालको आगो’ भर्सेज ‘माइकल’
सारांश
- आज शुक्रबारबाट 'परालको आगो' र 'माइकल' फिल्म देशभरका हलमा प्रदर्शनमा आएका छन्।
- गुरुप्रसाद मैनालीको कथामा बनेको 'परालको आगो' लाई केन्द्रीय चलचित्र जाँच समितिले युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ।
- पप सम्राट माइकल ज्याक्सनको जीवनीमा आधारित बायोपिक फिल्म 'माइकल' मा जाफर ज्याक्सनले मुख्य भूमिका निर्वाह गरेका छन्।
काठमाडौँ । नेपाली हलमा आज शुक्रबारदेखि फिल्म ‘परालको आगो’ र ‘माइकल’ देशभरका हलहरूमा प्रदर्शनमा आएको छ । गुरुप्रसाद मैनालीको कालजयी कृतिमा आधारित ‘परालको आगो’ ले देशभर करिब १५० शो प्राप्त गर्दै उत्साहजनक सुरुवात गरेको छ । ‘माइकल’ले पनि राम्रो शो पाएको छ ।
सुशील पोखरेलको निर्माणमा बनेको ‘परालको आगो’ मलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘युनिभर्सल सर्टिफिकेट’ प्रदान गरेको छ, जसको अर्थ यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेछ । फिल्ममा सौगात मल्ल, सुहाना थापा, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय छ ।
हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा निर्मित यस फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले तयार पारेका हुन् भने सुलभी पोखरेल र सत्यम पोखरेल यसका निर्माता हुन् । फिल्मलाई नेपालभर आरआर फिल्मसले वितरण गरेको छ।
त्यस्तै, ‘माइकल’ पप सम्राट माइकल ज्याक्सनको जीवनमा आधारित बायोपिक फिल्म हो । एन्टोइन फुकुवाको निर्देशन रहेको फिल्ममा माइकल ज्याक्सनको भूमिका उनकै भतिजा जाफर ज्याक्सनले निभाएका छन् । जाफरको लुक्स र प्रस्तुति माइकल ज्याक्सन जस्तै देखिएका छन् ।
फिल्ममा माइल्स टेलरले ज्याक्सनका वकिल जोन ब्रान्का र कोलम्यान डोमिंगोले उनका बुबा जो ज्याक्सनको भूमिकामा अभिनय गरेका छन् । सुरुमा २०२५ अक्टोबरका लागि तय गरिएको फिल्मको रिलिज मिति सारेर अहिले आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण