सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कुलेन्द्र र रचनाको ‘रातो रातो बर्को’ सार्वजनिक

शुक्रबार, ११ वैशाख २०८३, १२ : ००
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • गायक कुलेन्द्र विश्वकर्मा र गायिका रचना रिमालको स्वरमा 'रातो रातो बर्को' गीत सार्वजनिक भएको छ।
  • गीतमा नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको संगीत रहेको छ।
  • प्रथम क्षेत्री र सुनिशा बजगाईँको अभिनय रहेको भिडियोले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

काठमाडौँ । गायक कुलेन्द्र विश्वकर्मा र गायिका रचना रिमालको स्वर रहेको गीत ‘रातो रातो बर्को’ सार्वजनिक भएको छ । गीतमा नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको संगीत रहेको छ ।

गीतको भिडियोमा प्रथम क्षेत्री र सुनिशा बजगाईँको आकर्षक अभिनय देख्न सकिन्छ । प्रेम, रोमान्स र लोक संस्कृतिको सुन्दर मिश्रणले सजिएको यस गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

भिडियोमा ‘रातो बर्को’लाई मुख्य आकर्षणको रूपमा प्रयोग गरिएको छ, जसले गीतको भावलाई थप प्रगाढ बनाएको छ। विभिन्न रमणीय स्थानहरूमा छायाङ्कन गरिएको भिडियोमा करण चैसिर र उनको टिमले छायाङ्कन गरेका हुन् भने सम्पादन लक्ष्मण चौहानले गरेका हुन् । भिडियोमा निर्देशन प्रथम क्षेत्रीले गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप