मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

परिवर्तित व्यवस्थालाई जनमुखी बनाउन उपेन्द्रको आग्रह

शुक्रबार, ११ वैशाख २०८३, १३ : २७
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको सुदृढीकरण र जनमुखी शासन व्यवस्थाको आवश्यकतामा जोड दिएका छन्।
  • उनले लोकतन्त्रका उपलब्धिहरूलाई संस्थागत गर्दै नागरिकको जीवनस्तरमा सार्थक परिवर्तन ल्याउन सबैको प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको सुदृढीकरण, सुशासन र जनमुखी शासन व्यवस्थाको आवश्यकता रहेको बताएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै अध्यक्ष यादवले २०६२/०६३ को जनआन्दोलनले निरङ्कुश शासनको अन्त्य गर्दै जनतालाई सार्वभौम बनाएको स्मरण गरे ।

यस दिनलाई नेपाली राजनीतिक इतिहासको गौरवशाली प्रारम्भ बिन्दुका रूपमा व्याख्या गर्दै उनले नागरिक स्वतन्त्रता, न्याय र समानताको सुनिश्चितता सहित प्राप्त उपलब्धिलाई व्यवहारमा उतार्नुपर्ने धारणा राखे ।

उनले परिवर्तित व्यवस्थालाई जनमुखी बनाउनुपर्ने बताएका छन् । उनले सुशासन र समृद्धिको दिशामा अघि बढ्नु आजको मुख्य राजनीतिक दायित्व भएको उल्लेख गरेका छन् ।

लोकतन्त्रका ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्दै नागरिकको जीवनस्तरमा सार्थक परिवर्तन ल्याउन तथा कानुनको शासनलाई सुदृढ बनाउन सबै पक्षको सजगता र प्रतिबद्धता आवश्यक रहेको उनले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप